Comments Add Comment

Advertisment

SKIP THIS

चाडपर्वलाई लक्षित गरेर भक्तपुर प्रशासनको विशेष अनुगमन : सिडिओ र एसपी आफै फिल्डमा

भक्तपुर – नजिकिदैँ गरेको दशैँ,तिहार लगायतका चाडपर्वलाई लक्षित गरेर बजार तथा सार्वजनिक यातायात अनुगमनलाई तिव्रता दिएको सरोकारवाला निकायहरुले बताएका छन् ।

भक्तपुर जिल्लाककी प्रमुख सिडिओ रुद्रादेवी शर्माले जिल्लामा चाडपर्व लक्षित सुरक्षा योजना बनाएर प्रशासन क्रियाशील भएको बताईन । बढी भीडभाड हुने ठाउँमा हेल्प डेस्क राखिएको उनले बताईन । भक्तपुर जिल्ला प्रशासन कार्यालयले गुनासो सुन्ने अधिकारी तोकेको पनि उनले जानकारी दिईन । सिमानाकाको चेकजाँच र ट्राफिक सक्रियता बढाएको उनले बताईन ।                 

भक्तपुरको विभिन्न स्थानमा सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन गुनासो सुन्ने र समाधान गर्ने उदेश्यले यात्रु सहायता कक्ष पनि संचालन गरिएको छ । चाडपर्वमा हुनसक्ने यात्रुको असहजता अन्त्यको लागि सिडिओ रुद्रादेवी शर्मा सहित जिल्ला सुरक्षा समितिको टोलिमा भक्तपुर प्रहरी प्रमुख एसपी प्रजित के.सी सशस्त्र प्रहरी बलका एसपी लगायतले विशेष अनुगमन गरेको छ ।                                                                         

भक्तपुर जिल्लाको जगाती लगायत विभिन्न स्थानमा यात्रु सहायता कक्ष रहने र यसले यात्रीलाई परेको समस्या तत्काल समाधान गर्ने बिश्वास व्यक्त गरिएको छ । भक्तपुरको बाटो हुँदै उपत्यका बाहिरिने यात्रुलाई समेत यसले सेवा दिने सिडिओ रुद्रादेवी शर्मा जानकारी दिनुभयो ।                                                                                           

सिडिओ रुद्रादेवी शर्माको अनुसार सार्वजनिक यातायातको भाडामा गुनासो भएमा, दुर्व्यवहार वा सास्ती व्यहोर्नु परेमा गुनासो गर्नका लागि प्रहरीको नम्बर अनिवार्य टास गर्नुपर्ने व्यवस्था मिलाएको बताउँनु भयो छ । सिडिओ शर्माले दिएको जानकारी अनुसार जनपद प्रहरीको १००, ट्राफिक प्रहरीको १०३ र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सार्वजनिक यातायातले यात्रीले देख्ने गरी यात्रु सहायता कक्षमा सूचना राखिएको छ ।                                                                                   

सिडिओ रुद्रादेवी शर्माले सार्वजनिक यातायात जनतासंग जोडिएकोले उनले चाडपर्वको अवसर पारेर यात्रुलाई ठग्ने, दुर्व्यवहार गर्ने र अलपत्र पार्ने यातायात व्यवसायीलाई कारवाही गर्न कुनै कसर बाँकी नराख्ने बताएकी छन् । उनले भक्तपुरमा उपत्यका बाट बाहिरिने सवारी साधनको चापका कारण हुनसक्ने जामलाई हटाउन विशेष योजना बनाउने समेत बताइन । त्यसका लागि बैकल्पिक मार्गको अध्ययन गरिने र सम्भव भएसम्मको व्यवस्था गरिने उनले जानकारी गराइन । चाडपर्वको बेलामा जिल्लामा आवतजावत सहज बनाउन सार्वजनिक सवारी थप्न ब्यवसायीलाई आग्रह गरेको समेत बताएकी छन् ।                                                                                 

सिडिओ शर्माले भक्तपुरका व्यवसायीलाई उपत्यका बाहिर जाने सवारी साधनको अनिवार्य बीमा लगायत कागजपत्र दुरुस्त राख्न, क्षमता भन्दा बढी यात्रु नबोक्न, बढी भाडा असुल नगर्न र प्राविधिकरुपले शंका लागेका सवारी सडकमा नकुदाउन निर्देशन समेत दिइन ।

उपत्यका र उपत्यका बाहिर सञ्चालन हुने सवारी साधनलाई समेत लक्षित गरेर जाँच बढाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । भक्तपुरमा पनि विगतका वर्षहरुमा दसैँमा धेरै सवारी साधन बाहिरिएर सडक खुकुलो हुँदा चालकहरुले बढी गतिमा चलाउने, मापसे गरेर चलाउने गर्दा दुर्घटना बढी हुने गरेको थियो । चाडपर्वका समयमा एकै पटक धेरै सवारी साधन बाहिरिने हुँदा दुर्घटनाको जोखिम रहेको छ ।                                                                                   

सवारी साधन व्यवस्थापन गर्ने र चाडपर्वको समयमा अरु समयभन्दा बढी जनशक्ति घटाएर सवारी जाम हुन नदिन र दुर्घटना हुन नदिन लाग्ने गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।                                                                                                 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै