Comments Add Comment

Advertisment

SKIP THIS

भोलिदेखि पशुपतिनाथ मन्दिर खुला हुने

२७ माघ , काठमाडौं । कोरोना संक्रमणको तेस्रो लहर फैलिएसँगै माघ ५ गतेदेखि दर्शनार्थीका लागि बन्द गरिएको पशुपतिनाथ मन्दिर भोलि शुक्रबारदेखि खुला हुने भएको छ ।

विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गरेर शुक्रबारदेखि मन्दिर खुला गर्न लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको माघ २३ गतेको आदेशमा मठ, मन्दिर, मस्जिद, गुम्बा, चर्चलगायतका स्थलमा जनस्वास्थ्य मापदण्ड पालना गरी एक पटकमा ५० जनाभन्दा बढी नहुने गरी पूजा, ध्यान वा प्रार्थना गर्न सकिने उल्लेख छ । पछिल्लो केही दिनयता कोरोना संक्रमण कम हुँदै गएकाले मन्दिर खुल्ला गर्न लागिएको कोषका सदस्य सचिव डा। मिलनकुमार थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै