Comments Add Comment

Advertisment

SKIP THIS

तस्कर समूहले पर्सामा गोली चलाए

२८ भाद्र काठमाडौ । पर्सामा गोली चलेको छ । पटेर्वासुगौली गाउँपालिकाको फरहदवा नजिक पर्ने जंगलमा प्रहरीले हवाई फायर गरेको हो ।

अवैध रुपमा रुख कटान गरी सालको गोलिया मोटरसाइकलमा राखेर ल्याउँदै गरेका तस्कर समूहलाई नियन्त्रणमा लिन खोज्ने क्रममा हवाई फायर गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार चार वटा मोटरसाइकलमा सवार आठ जना तस्कर समूहले पाँच जना प्रहरी टोलीमाथि नै आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि नौ एमएमको पेस्तोलबाट तीन राउण्ड हवाई फायर गरिएको हो ।

सोमबार बिहान चार बजे तस्कर समूहलाई नियन्त्रणमा लिन हवाई फायर गरे पनि उनीहरु भने भाग्न सफल भएका छन् । प्रहरीले बीआर२२एफ ४१०८ र ना४०प ९३९६ नम्बरको मोटरसाइकलसहित दुई थान गोलिया काठ बरामद गरेको छ ।

हवाई फायर गरेपछि तस्करहरु दुई वटा मोटरसाइकल र दुई वटा ठूला काठका गोलिया छाडेर भागेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

पर्सामा नक्कली परीक्षार्थीलाई पक्राउ

Advertisment

छुटाउनुभयो कि? सबै

पर्सामा नक्कली परीक्षार्थीलाई पक्राउ