१० असोज , काठमाडौँ । प्रहरीले एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
बर्दिया गेरुवा गाउँपालिका ४ बस्ने श्याम बि.सी. भन्ने टिकाराम बुढाथोकीलाई हत्या अभियोगमा इलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको टोलीले उनकै गाउँमा लुकिछिपी बसेको अवस्थामा शनिबार राति पक्राउ गरेको हो ।
उनीमाथि २०७२ साउन १६ गते सोही ठाउँ बस्ने गंगाधर चालिसेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोग लागेको थियो । यसबारेमा बर्दिया जिल्ला अदालत गुलरियाबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।







