Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा ४५.५९ अंकको गिरावट

२४ जेठ , काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज पनि घटेको छ ।

मंगलबार नेप्से ४५.५९ अंकले गिरावट हुँदा २०२०.२३ अंकमा बन्द भएको छ । बजेट पछिको सात कारोबार दिनमा नेप्से २०३.५५ अंकले घटेको हो । जेठ १३ गतेयता कारोबार भएको हरेक दिन नेप्सेमा गिरावट भइरहेको छ । पछिल्लो ८ दिनमा मात्रै नेप्से २१९.३७ अंकले घट्यो ।

मंगलबार नेप्सेसँगै सबै उपसूचकमा गिरावट आएको छ । आजको दिन बजारमा १ अर्ब ३१ करोड २८ लाखको कारोबार भएको छ । आज कारोबार भएकोमध्ये एनआइसी एशिया बैंकको सवार्धिक ६ करोड १२ लाखको कारोबार हुँदा कुमारी बैंकको ५ करोड ८८ लाख र हिमालयन डिस्टिलरीको ३ करोड ७५ लाखको कारोबार भएको छ ।

आज दिनभर बजारमा १९६ कम्पनीका सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयरमूल्य घटेको छ । यस्तै, १५ कम्पनीको सेयरमूल्य भने स्थिर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै