Comments Add Comment

Advertisment

SKIP THIS

दक्षिण कोरियाले युक्रेनलाई १० मिलियन डलर सहयोग गर्ने

१७ फागुन, काठमाण्डौं । दक्षिण कोरियाले युक्रेनका लागि १० मिलियन डलर मानवीय सहायता युक्रेनलाई प्रदान गर्ने सउलका विदेशमन्त्रीले जानकारी दिएका छन् ।

उक्त सहयोग युक्रेनको सरकार, छिमेकी देश र अन्तर्राष्ट्रिय संस्थासँगको सहकार्यपश्चात् प्रदान गरिने मन्त्रालयले बताएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति मुन जेई–इनले सोमबार आफ्नो सरकारलाई युक्रेनका लागि तत्काल मानवीय सहायता प्रदान गर्न आदेश दिएका थिए ।

‘हाम्रो सरकारको सहायताले युक्रेनका जनता र शरणार्थीलाई प्रभावकारी रुपमा सहयोग गर्ने छ । हामी युक्रेनमा मानवीय संकट समाधान गर्न सक्रिय योगदान जारी राख्नेछौँ,’ मन्त्रालयले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै