Comments Add Comment

Advertisment

SKIP THIS

महाधिवेशनपछि राप्रपामा लिङ्देन ‘एक्सप्रेस’

२१ वैशाख, काठमाडौ । राप्रपाको महाधिवेशन सकिएको पाँच महिना नाघ्यो ।

गत १५–१७ मंसिरमा भएको महाधिवेशनले अध्यक्षमा कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन विजयी भए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यतिबेला दबाबमा आए, जतिबेला स्थानीय तहको निर्वाचन घोषणा भयो ।

कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रुपमा पुगेका लिङ्देनले ‘संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो, राजनीति ठिक छैन । राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर मन्तव्य दिए ।

महाधिवेशन स्थलमा पुगेका कांग्रेसका प्रतिनिधि र सहभागीले ताली बजाए, उनीपछि मञ्चमा पुगेका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाले लिङ्देनको टिप्पणीप्रति समय खर्चिनुपर्‍यो ।

देश स्थानीय तहको निर्वाचनको माहोलमा प्रवेश गर्‍यो । राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन । यसर्थ लिङ्देन सबैभन्दा समयको दबाबमा परे । अध्यक्ष लिङ्देनले १८ र १९ फागुनमा काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन २२ फागुनदेखि देश दौडाहामा निस्किए ।

उनले कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता अभिव्यक्ति दिँदै आएका छन् ।

राप्रपाले देशभर दिनहुँजसो सभाहरूको आयोजना गर्दै गयो । हरेक सभामा केन्द्रीय नेताहरूसँगै लिङ्देन आफैं पुग्न थाले । काठमाडौंमा जनताको ’रेस्पोन्स’ परीक्षण गर्न २५ चैतमा काठमाडौंमा राप्रपाले सभाको आयोजना गर्‍यो ।

ती सभा जनताको उल्लेख्य सहभागिता रहेको र देखिएको जनलहरलाई भोटमा रूपान्तरण गर्न अध्यक्ष लिङ्देनको देशव्यापी दौडाहा भएको प्रवक्ता श्रेष्ठ बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै