Comments Add Comment

Advertisment

SKIP THIS

कस्तुरीको बिना सहित पक्राउ

२४ असार , काठमाडौँ । काठमाडौं महानगरपालिका-७ चाबहिलस्थित सडकबाट कस्तुरीको बिना सहित पाँचथर तुमविया गाउँपालिका-५ घर भई हाल काठमाडौं कपन बस्ने ४२ वर्षीय शिव लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानामा बा.८२ प ५७९ नम्बरको मोटरसाइकलमा कस्तुरीको बिना लुकाई राखेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त गौशलाबाट खटिएको प्रहरीले लिम्बुलाई उक्त बिना सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै