
२४ पुष , काठमाडौ । कुनै समय सीमित कार्यकर्तासँग संगत गर्ने भनेर चिनिएका एमालेका नेता हुन्, भीम आचार्य । सुनसरी एमालेका आचार्य पार्टीका हरेक कार्यक्रम सहभागी हुन्थे ।तत्कालीन एमालेमा दुई खेमा माधव नेपाल र केपी शर्मा ओली हुँदा माधव नेपालका सुनसरी मात्रै नभई पूर्वाञ्चलमा उनको दबदबा थियो । तर, हाल आचार्य पार्टीको कार्यक्रममा देखिन छोडेका छन् ।
एमालेको दशौं महाधिवेशनबाट सचिव पदमा रहेका आचार्य सदस्य पदमा झरेपछि उनको शक्ति कमजोर देखिएको छ । शुक्रबार सुरु भएको जिल्लाको अधिवेशनमा उनी सहभागी भएनन् । इनरुवा नगरपालिकामा घर भएका उनी इनरुवाकै जेल मैदानमा शुक्रबारबाट सुरु भएको सातौँ महाधिवेशनको उद्घाटन सत्रमा उनी देखा नै परेनन् ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर १ ‘ख’बाट प्रदेश सांसदका रूपमा निर्वाचित आचार्य जिल्ला अधिवेशन हुँदा उपस्थित भएनन् ।
कार्यक्रममा पार्टीका केन्द्रीय अध्यक्ष प्रमुख अतिथि हुने गरी तय गरिएको थियो । अध्यक्ष केपी ओलीले ६१ वटै जिल्लाका अधिवेशन भर्चुअल माध्यमबाट उद्घाटन गरे ।
उद्घाटन सत्रमा केन्द्रीय तथा प्रदेश तर्फका नेताहरूको जमघट हुँदा आचार्य भने सहभागी नै भएनन् । कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य गुरुप्रसाद बराल, केन्द्रीय सदस्य तैयब हुसेन, तुलसी गौतम, भगवती चौधरी, जगदीशप्रसाद कुसियत, प्रेम दंगाल, लक्ष्मी गौतम ,अमृता सुब्बा मञ्जु भण्डारी, इन्दु गौतम लगायत नेताहरूको सहभागिता थियो ।
घरमै बसेका आचार्य किन आएनन् भन्ने प्रश्न आमनेता तथा कार्यकर्तामा थियो । त्यसो त आचार्य कार्यकर्ता माझ खुलेर नबोल्ने स्वभावका उनी घरमै बसेर आफ्नो शक्ति देखाउन लागि परेका छन् । उनी जसरी भए पनि रेवतीरमण भण्डारीलाई अध्यक्षमा रोकेर सहमतिका नाममा खेमराज पोखरेललाई सर्व सहमत गरेर गृह जिल्लामा शक्ति देखाउन लागेका हुन् ।






