Comments Add Comment

Advertisment

SKIP THIS

तीन किलो गाँजासहित १३ जना पक्राउ

२९ मंसिर काठमाडौ । पोखरा महानगरपालिका–३२ मझुवाबाट करिब तीन किलोग्राम गाँजासहित धादिङ निलकण्ठ नगरपालिका–४ खानीगाउँका १८ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा४ख १६३८ नम्बरको माइक्रोबसलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मंगलबार दिउँसो गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस्तै, बाँके नेपालगन्ज उपमहानगरपालिका– १५ जमुन्हाबाट ५५ ग्राम अवैध लागुऔषध खैरो हेरोइनसहित दुई जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दाङ तुल्सीपुर नगरपालिका-१४ बस्ने ३३ वर्षीय गौरव बुढाथोकी र बाँके राप्ती सोनारी गाउँपालिका बस्ने ३२ वर्षीय सुबास बिक छन् ।

भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्जबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई हेरोइनसहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय दाङ तुलसीपुरबाट खटिएको प्रहरीले अवैध लागुऔषध ब्राउनसुगरसहित १० जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये तुलसीपुर उपमहानगरपालिका–१ भम्के बस्ने २२ वर्षीय विनोद भण्डारी समेत चार जना, सोही उपमहानगरपालिका-५ आलुमण्डीमा ५४० मिलिग्राम, तुलसीपुर उपमहानगरपालिका–५ ट्याक्सी पार्क बस्ने २५ वर्षीय अमर गन्धर्व सहित चार जना २१० मिलिग्राम र तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुण्डी बस्ने २३ वर्षीय कैलाश सुनार समेत दुई जना ९४० मिलिग्राम ब्राउनसुगरसहित फेला परेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment