२८ मंसिर काठमाडौ । सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गर्ने एक भारतीय नागरीक पक्राउ परेको हो ।
बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीलाई नग्न तस्बिरमा अनुहारको भाग जोडी आफन्तलाई पठाई महिलालाई जबरजस्ती भेट्नको निमित्त धम्की दिने भारत उत्तर प्रदेश माऊ जिल्ला कोपागंज दोस्तपुरा घर हुने वर्ष ३१ को मोहम्मद सालीमलाई काठमाण्डौ जिल्ला काठमाण्डौ महानगरपालिका वडा नं. १४ कलंकीबाट पक्राउ गरेको हो ।
विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी दिन ७ को म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी आएको छ ।




