Comments Add Comment

Advertisment

SKIP THIS

दाङमा सासुको हत्याको ओरोपमा बुहारीलाई पक्राउ

६ फागुन, काठमाण्डौं । सासुको हत्या गरेको ओरोपमा दाङमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घोराही उपमहानगरपालिका–१९ खानिगाउँकी ५५ वर्षीय इन्द्रकुमारी घर्तीको हत्या गरेको आरोपमा बुहारी २३ वर्षीय बसन्ती घर्ती र सोही ठाउँकी २२ वर्षीय दुर्गा घर्तीलाई पक्राउ गरेको हो ।

बुधबार छिमेकीको घरमा न्वारानमा सहभागी भएकी इन्द्राकुमारी राति अबेरसम्म नफर्केपछि खोजी गर्दै जाँदा बिहीबार घर नजिकैको खोल्सामा उनको शव रगताम्य अवस्थामा भेटिएको थियो ।

घरायसी विवादका क्रममा बुहारी बसन्तीले काठको मुङ्ग्रोले प्रहार गर्दा सासू अचेत भएको र छिमेकी दुर्गा घर्तीको सहयोगमा बारीको ढिकबाट खोल्सामा खसालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment