२० असार , काठमाडौ । उपत्यका प्रशासनले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

काठमाडौँ, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

तर एउटा परीक्षा हलमा २५ जनाभन्दा बढी राख्न नपाइने भनिएको छ । मास्क, स्यानिटाइजरको अनिवार्य प्रयोगसँगै प्रत्येक सिफ्टको परीक्षा सकिएसँगै निसंक्रमण गर्नुपर्ने भनिएको छ ।