Comments Add Comment

Advertisment

SKIP THIS

केतन क्षेत्रीको स्वरमा ‘पन्छी’ ( भिडियो सार्वजनिक)

२९ असार , काठमाडौँ । गायक केतन क्षेत्रीको स्वरमा ‘पन्छी’ बोल गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द अमेरिका बस्दै आएका रमेश लुइँटेलको रहेको छ भने संगीत हेमन्त शिशिरको रहेको छ ।

कलाकारिता क्षेत्रको यथार्थ नबुझी देखासिकिमा लागेर कलाकार बन्ने चाहनामा अघि बढ्न खोजिरहेकी एक महिलाको प्रयासलाई भिडियोमा देखाउन खोजिएको छ ।

भिडियोमा रंगिन दुनियाको यथार्थलाई जिवन्त रुपमा प्रस्तुत गरिएको छ। भिडियोमा दिक्पाल कार्की, दिपेश परियार, जुना कार्की, मनोज कार्की र सजिना राईको अभिनय रहेको छ ।

सुजन श्रेष्ठले छायाँकन गरेको यस भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका हुन् । मुनालशिशिर कोइरालाको परिकल्पना र निर्देशनमा भिडियो तयार पारिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै