Comments Add Comment

Advertisment

SKIP THIS

करेन्ट लागेर एक जनाको मृत्यु

१४ असोज , काठमाडौँ । सप्तरीको छिन्नमस्ता गाउँपालिकाको ललापटीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार आज छिन्नमस्ता–४ ललापटी बस्ने ५० वर्षका नारायण यादवको घरदेखि टाढा गाउँकै खेतबारीमा कृषि मिटरद्वारा जडान गरिएको पानी तान्ने मोटरमा करेन्ट लागेर मृत्यु भएको हो ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा परीक्षणका लागि पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment