Comments Add Comment

Advertisment

SKIP THIS

आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

२५ असार , काठमाडौँ । आफ्नै श्रीमती ३५ वर्षीया निला राईलाई कुटपिट गरी हत्या गरेको अभियोगमा फिदिम नगरपालिका-१४ बुर्दुम बस्ने ४० वर्षीय राज कुमार राईलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

राज कुमारले घरायसी वादविवादको क्रममा असार १७ गते कुटपिट गर्दा गम्भीर घाइते भएकी निलाको विर्तासिटी अस्पताल विर्तामोडमा उपचारको क्रममा शुक्रबार मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी तमाखे रानिटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment