Comments Add Comment

Advertisment

SKIP THIS

बारामा मोटरसाइकलको पछाडि बसेकाले चालकलाई गोली हानी गरे हत्या : मोटरसाइकल लिएर फरार

११ असोज , काठमाडौ । बारामा एक भारतीय नागरिकको हत्या भएको छ। मंगलबार साँझ सवा ६ बजेतिर हत्या भएको हो।

बारास्थित नेपाल भारत सीमा नजिक पचरौता नगरपालिका–६ लक्ष्मिनियामा भारतीय नागरिक २२ वर्षीय अजित कुमार सिंहको गोली हानी हत्या भएको हो।

भारतको मोतिहारी दर्पा थाना–१ सुक्लहिया गाउँ घर भएका अजितलाई उनीसँगै मोटरसाइकलमा सवार व्यक्तिले गोली हानी हत्या गरेको खुलेको छ।

अजितसँगै सोही ठाउँका २५ वर्षीय सुजित कुमार सिंह, सोही ठाउँका २४ वर्षीय चञ्चल पाण्डे, सोही ठाउँकी २२ वर्षीय मनिष कुमार सहनी र २२ वर्षीय कामेश्वर सहनी दुई वटा अन टेस्ट मोटरसाइकलमा भारतबाट नेपाल प्रवेश गरेका थिए।

अजितले मोटरसाइकल चलाएका थिए भने उनको पछाडि सुजित बसेका थिए। लक्ष्मिनियास्थित पोखरी नजिक पुगेपछि मोटरसाइकलको पछाडि बसेका सुजितले अजितलाई गोली हानी घाइते बनाएका थिए।

त्यसपछि उक्त मोटरसाइकल लिएर उनी भारततर्फ फरार भएका थिए। घटनास्थलबाट प्रहरीले १ थान गोली र १ थान गोलीको खोका बरामद गरेको छ।

गोली प्रहारबाट मृत्यु भएका अजितको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको छ। गोली प्रहार गर्नेहरु भने अहिलेसम्म पक्राउ पर्न सकेका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment