
३१ भदौ , काठमाडौ । भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगर स्थित सडक खण्डमा पूर्व तर्फ जानको लागि भनि गाडी कुरिरहेकी वर्ष १३ की बालिकालाई ट्रक भित्र जबरजस्ती करणी गर्ने चालक र सह-चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

नम्बर नखुलेको ट्रकले गन्तव्य सम्म पुर्याईदिन्छु भनि उक्त गाडीमा राखी ल्याएको करिब राती १:३० बजेको समयमा काभ्रेपलाञ्चोक जिल्ला बनेपा नगरपालिका वडा नं. १२ साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्रै चालक र सह-चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरेको खुलासा भएको छ ।
निज बालिकालाई गन्तव्य सम्म नपुर्याई सोही स्थानमा छाडी गाडी लिई भागी फरार भएको घटनाको अनुसन्धानमा खटिएको जिल्ला प्रहरी कार्यालय काभे्र विशेष अनुसन्धान टोलीको अनुसन्धानबाट जानकारी आएको छ ।
प्रदेश २-०३-००१ ख १४८५ नम्बरको भाडाको ट्रक मोरङ्गबाट वि।पि। राजमार्गको बाटो हुँदै काठमाण्डौ तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा मिति २९ गते बिहान करिब ७ बजेको समयमा का.प.जि। धु.न.पा. ०७ धुलिखेल चोक बाट ट्रक सहित जिल्ला झापा हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्क बहादुर बिश्वकर्मा र सह-चालक जिल्ला मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धानको क्रममा वारदातमा निज प्रतिवादीहरूको संलग्नता रहेको कुरा खुल्न आएकोले पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई सम्मानित काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको न्युज२४ग्यालेक्सीलाई जानकारी आएको छ ।








