Comments Add Comment

Advertisment

SKIP THIS

केटीको नामबाट फेसबुक आईडी बनाई ठगी गरेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ

कास्की । सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई ठगी गरेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २९ तालचोकका अनुराग घिमिरे, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १३ टाँडीका प्रवेश रिमाल र सिरहाको लाहान नगरपालिका वडा नम्बर १ रमाद मटियवरा टोलका यूनिक सिंह रहेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा केटीको नामको फेसबुक आईडी बनाई पुरुष व्यक्तिहरुलाई साथी बनाई भिडियो कल गरी अश्लील भिडियोहरु देखाई स्क्रिन रेकर्ड समेत गरी उक्त भिडियोलाई सामाजिक सञ्जालमा पोष्ट गरिदिन्छु भनी डर धम्की देखाई विभिन्न नम्बरबाट फोनकल समेत गरी रकम मागी रहेको भन्ने जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सहयोगमा पक्राउ गरिएको हो । उनीहरुलाई कास्कीमा ल्याई ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुर र विद्युतिय अपराध सम्बन्धी कसूरमा अनुसन्धान प्रकृया अगाडी बढाइएको कास्की प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै