१९ असार , काठमाडौं । मोरङको रङेली नगरपालिका-१ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राती ८ बजे मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टितेल छर्की आगो लगाई गम्भीर घाइते बनाई फरार भएका थिए ।
शरीर जली गम्भीर घाइते भएकी बबिताको कोसी अस्पताल विराटनगरमा उपचारको क्रममा हिजो बिहान मृत्यु भएको हो । श्रीमतीलाई आगो लगाई फरार भएका मल्लिकैलाई ईलाका प्रहरी कार्यालय रँगेलिबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।


