Comments Add Comment

Advertisment

SKIP THIS

आयोग टुलुटुल हेरेर स्पष्टीकरण मात्र सोध्दैन, कारबाही गर्छ : प्रमुख निर्वाचन आयुक्त

४ कात्तिक , काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आचारसंहिता उल्लंघन गर्ने दलका उमेदवारलाई आयोगले कानुनअनुसार कारबाही गर्ने दाबी गरेका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले भने, “आचारसंहिता उल्लंघन गर्नेहरुलाई आयोग टुलुटुल हेरेर बस्दैन । कारबाही गर्र्र्छाैँ ।”

उनले आचारसंहिता उल्लंघन गर्ने उमेदवारहरूलाई स्पष्टीकरण सोध्दा कोकोहोलो मच्चाएको पनि दाबी गरे । उनले भने, “स्पष्टीकरण सोध्दा नै यस्तो भएको छ भने अब हप्ता दिनपछिका निर्णयले भूकम्प जान सक्छ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै