Comments Add Comment

Advertisment

SKIP THIS

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओको निधन

२२ असार , काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पीएसओको निधन भएको छ।

सशस्त्र प्रहरी बलका प्रहरी अधिकृत ४२ वर्षीय उमेश थापाको सूर्यविनायकस्थित आफ्नै निवासमा शनिबार निधन भएको हो । उनी शुक्रबार ड्युटी सकेर घर फर्किएका थिए। खाना खाएर सुतेका उनी बिहान ओछ्यानमा बेहोस अवस्थामा भेटिएका हुन्।

उनलाई उपचारका लागि भक्तपुर अस्पतालमा लगिएपछि डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ।

उनी ओलीको सुरक्षार्थ खटिने प्रमुख हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment