Comments Add Comment

Advertisment

SKIP THIS

२८ वर्षीया युवती सीता (भण्डारी) पौडेलको रहस्यमय निधन

३१ भदौ , काठमाडौ । रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु ८ दिन वितिसक्दा पनि परिवारले शव जिम्मा लिएका छैनन् ।

उनीहरुले घटनाको निष्पक्ष छानविन नहुँदा सम्म शव जिम्मा नलिने अडान लिएका छन् । विवाह गरेको २ वर्षमै छोरी गुमाउनुपर्दा आमाबुवाको विजोग भएको छ । घटनाको छानविन हुन नसक्दा आन्दोलन चर्किएको छ।

घटना भदौ २० गते बिहान साढे ४ बजेको हो। दुई वर्षअघि विवाह गरेकी २८ वर्षीया युवती सीता भण्डारी पौडेलको रहस्यमय निधन भएको हो । श्रीमानका परिवारले सीताले देह त्याग गरेको दावी गरेपनि माइती पक्षले सो कुरा मानिरहेका छैनन् ।

तिलोत्तमा९८ मणिग्राममा चार नम्बरमा २ वर्षअघि विवाह गरेकी सीता घर भित्रै मृ त फेला परेकी थिइन् । घटना पछि माइती पक्षले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए। तर प्रहरीले सुरुमा वास्तै गरेन।

भण्डारी आफ्नै कोठामा झु ण्डि एको अवस्थामा भेटिएको बताइको छ। प्रहरीले पोष्टमार्टममा पनि देह त्याग भन्ने रिपोर्ट आएको जनाएको छ । स्थानियको दवाव पछि सीताका श्रीमान र आमाजुलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडित पक्षले भदौ २२ गते दिएको जाहेरीका आधारमा श्रीमान टिका पौडेल र आमाजु विष्णु पौडेललाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले सीता र निजका श्रीमानको मोबाइल टेक्निकल अध्ययनका लागि डिजिटल फोरेन्सिक ल्यावमा पठाइएको जनाएको छ। सीता र उनका श्रीमान एउटै कोठामा सुतेका थिए। श्रीमतीको निधन हुँदा समेत श्रीमानले थाहा नपाउनु अनौठो भन्दै आफन्तले घटना रहस्यम भनेका छन् ।

पाल्पामा दरबार रिसोर्ट संचालन गरेका सीताका श्रीमान ४३ वर्षीय टीका पौडेलको परिवारले योजनावद्धरुपमा घटना गराएको माइती पक्षको आरोप छ । तीज मान्न माइत गएकी सीतालाई भतिजीको जन्मदिन छ भनेर घर बोलाइएको थियो ।

‘भदौ १९ गते रातिको घटना माइतीपक्षलाई भोलि बिहान ५ बजेमात्रै जानकारी दिइएको थियो, सीताका मामा आकाश पोख्रेलले भने। करिब १५ वर्ष उमेरको अन्तर श्रीमान श्रीमतीको छ। मागी विवाह भएको दुई वर्षमात्रै भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment