Comments Add Comment

Advertisment

SKIP THIS

कार दुर्घटनाबाट क्रिकेटर ऋषभ पन्त घाइते

१५ पुष , काठमाडौं । भारतीय क्रिकेटर ऋषभ पन्त कार दुर्घटनामा परेका छन् । उनी सवार कार शुक्रबार बिहान दिल्ली–देहरादुन राजमार्गमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि पन्त घाइते भएको पूर्वक्रिकेटर भीभीएस लक्ष्मणले जानकारी दिएका छन् । २५ वर्षीय उनको टाउको र खुट्टामा चोट लागेको छ ।

डिभाइडरमा ठोक्किएपछि कारमा आगलागी भएको थियो । कार जलेर पूर्ण रूपमा नष्ट भएको समाचार संस्था एएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै