Comments Add Comment

Advertisment

SKIP THIS

फरार प्रतिवादी पक्राउ

२७ असार , काठमाडौं । सवारी ज्यान मुद्धामा सम्मानित पुनराबेदन अदालत बिराटनगरको सजाय निर्धारण फैसला आदेशले कैद तथा जरिवाना फैसला भई फरार रहँदै आएका सुन्दरहरैचा नगरपालिका-९ का ३१ बर्षीय बिनोद कुमार खवासलाई प्रहरीले पक्राउ गरेको छ ।

खवासलाई सवारी ज्यान मुद्धामा सम्मानित पुनाराबेदन अदालत बिराटनगरको २०७१।१२।११ गतेको फैसला आदेशले २ बर्ष कैद र २ हजार जरिवाना तोकिएको थियो ।

कैद तथा जरिवाना तोकिएता पनी हाल सम्म फरार रहँदे आएका खवासलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगर (RIT) समुहबाट खटिएको प्रहरी टोलीले सोमबार बिहान सुन्दरहरैचा-९ बाट पक्राउ गरेको हो । पक्राउ परेका खवासलाई जिल्ला अदालत सुनसरीमा उपस्थित गराईएकोमा तोकिएको सजाय भुक्तानको लागी झुम्का कारागार पठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment