Comments Add Comment

Advertisment

SKIP THIS

आचारसंहिता विपरितका प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन

१८ बैशाख , काठमाडौं । ललितपुरको सुनाकोठी, ठेचो र चापागाउँ सडक किनारमा झण्डालगायतका प्रचार सामाग्री राखेर उम्मेदवारहरूले निर्वाचन आचार संहिता उल्लंघन गरेको आरोप छ ।

यी सडकमा नेकपा माओवादी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टीले झण्डा राखेका हुन् । ८ चैत ०७८ मा जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा ‘कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फलेक्स वा साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रर्दशन गर्न नहुने’ उल्लेख छ ।

ठेचोका रविन महर्जनले रातको समयमा पार्टीका कार्यकर्ताहरू आएर झण्डा राखेको बताए । उनले भने, ‘यी सामग्री रातको समयमा राखिएका हुन् । पहिले नेपाली कांग्रेसले राखेको थियो । पछि एमालेको पनि थपे ।’

ललितपुरकी जिल्ला निर्वाचन प्रमुख गोमा धमलाले आचारसंहिता विपरित यसरी प्रचार सामाग्री राख्न नहुने बताइन्,’ भनिन्, ‘आचारसंहिता विपरितका यस्ता प्रचारसामग्री तुरुन्त हटाउन निर्देशन दिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै