‘महापुरूष’ प्रिमियर : प्रशंसामा थाकेनन् सेलिब्रेटी -
Comments Add Comment

‘महापुरूष’ प्रिमियर : प्रशंसामा थाकेनन् सेलिब्रेटी

७ कात्तिक , काठमाडौ । फिल्म प्रदर्शनभन्दा चाररपाँच अगाडि प्रिमियर आयोजना गर्नु आफैंमा ठूलो आँट हो । यो आँट गर्न सक्ने मेकर नेपालमा औंलामा गन्न सकिने मात्र छन् । फिल्मप्रति शतप्रतिशत विश्वास भएपछि मात्र मेकरले प्रदर्शनभन्दा केही दिन अगावै प्रिमियर राख्ने आँट गर्छन् । किनकि, प्रिमियरमा मिलेको प्रतिक्रियाले फिल्म चम्किन र डुब्न पनि सक्छ । त्यसैले प्रिमियरले फिल्मको भविष्य बोल्छ ।

भाइटीकाको भोलीपल्टबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘महापुरूष’को पनि प्रदर्शनको ५ दिन अगावै आइतवार काठमाडौंमा प्रिमियर आयोजना गरियो । प्रिमियरभन्दा केही दिन अगाडि नाम चलेका निर्देशक, निर्माता तथा कलाकारलाई फिल्म देखाएपछि ढुक्क भएर निमाताले प्रदर्शनको ५ दिन अघि प्रिमियर राखेका हुन् । र, प्रिमियरमा फिल्मले तारिफ र प्रशंसा मात्र कमाएको छ ।

एकल पिताको बुढ्यौली उमेरमा अंकुराएको प्रेम र विवाह गर्न खोज्दा परिवार र समाज कसरी बाधक बन्छ भन्ने कुरालाई मनछुने ढुंगबाट प्रस्तुत गरिएको फिल्मले प्रिमियरमा उपस्थित हरेक पाहुनालाई भावुक बनाएको थियो । सञ्चारकर्मीसँग प्रतिक्रिया दिने क्रममा धेरै सेलिब्रेटीका आँखा ओभानो भइसकेका थिएनन् । कति आँशु पस्दै बाहिरिएका थिए भने कोही निःशब्द भएका थिए ।

कलाकार किरण केसीले ‘महापुरूष’ उत्कृष्ट फिल्म बनेको भन्दै तारिफ गरे । प्रिमियरभन्दा अगावै फिल्म हेरिसकेका निर्देशक निश्चल बस्नेतले पनि फिल्मको प्रशंसा गरे । निर्देशक प्रदीप भट्टराईको अर्को ब्लकबस्टर फिल्म भन्दै उनले हरेक एक कलाकारको अभिनय सशक्त रहेको बताए । धेरैपछि कलाकार हरिवंश आचार्यको अब्बल अभिनय हेर्न पाएकोमा उनले खुसी भाव प्रकट गरे ।

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म हेर्दा मज्जा आएको प्रतिक्रिया जनाइन् । उनले भनिन्, ‘फिल्ममा जुन कुरा देखाइएको छ, त्यो धेरै राम्रोसँग पस्किएको छ । कलाकार छनोट एकदमै राम्रो छ । नयाँ कलाकार अरुण क्षेत्रीले त फाडिदिएको छ ।

प्रदीप भट्टराई दाईले अब डबल ह्याट्रिक गर्नुहुनेछ ।’ अर्की अभिनेत्री बेनिशा हमालले फिल्म राम्रो मात्र नभइ धेरै राम्रो बनेको भन्दै प्रशंसा गरिन् । त्यस्तै, अभिनेत्री केकी अधिकारी ‘महापुरूष’लाई फिल्म मात्र भन्न चाहन्नन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै