पार्किङ गरेर राखेका गाडी चोरी गर्ने रामेछापका गणेशलाई ललितपुर प्रहरीले पक्राउ -
Comments Add Comment

पार्किङ गरेर राखेका गाडी चोरी गर्ने रामेछापका गणेशलाई ललितपुर प्रहरीले पक्राउ

ललितपुर । गाडी चोरीमा संलग्न रहेको आरोपमा एक युवक पक्राउ परेका छन् । ललितपुरका विभिन्न स्थानहरूमा पार्किङ गरी राखेका गाडी चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले रामेछाप दोरम्बा घर भई हाल ललितपुरको सानेपा बस्ने गणेशबहादुर गौतमलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा गौतमलाई काभ्रे भुम्लु गाउँपालिका–१० दोलालघाटबाट पक्राउ गरेको हो । पार्किङ गरी राखिएका बा.१५ च ९८२५, बा.१२ च ४७०६ र बा.७ च ७७० नम्बरका ३ वटा पिक अप गाडीहरू श्रृंखलावद्ध रूपमा चोरी भएको थियो ।

गाडी चोरी घटनाको अनुसन्धान तथा खोजतलास गर्ने क्रममा बा.१५ च ९८२५ नम्बर र बा.१२ च ४७०६ नम्बरका गाडी ब्याट्री नभएको अवस्थामा नैकाप र सतुङ्गलबाट फेला परेको थियो । साथै बा.७ च ७७० नम्बरको पिक अप गाडी इलाका प्रहरी कार्यालय खानीखोला धादिङसँगको समन्वयमा खानी खोलाबाट नियन्त्रणमा लिइएको थियो । गौतमलाई ललितपुर जिल्ला अदालतबाट चोरी सम्बन्धी कसुरमा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै