१८ कात्तिक, काठमाडौं । सुर्खेतमा चितुवाको छालासहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरीले जाजरकोट बारेकोट गाउँपालिका–३ रोकाय गाउँ बस्ने ५२ वर्षीय कर्णबहादुर रोकायलाई पक्राउ गरेको हो ।
पंचपुरी नगरपालिका–५ बाबियाचौरस्थित नौलो होटेलबाट एक थान टाटेपाटे चितुवाको छालासहित उनी पक्राउ परेका हुन् ।पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


