Comments Add Comment

अदालतबाट रु २२ लाख जरिवाना ठहर भएका एक पक्राउ

१० फागुन, काठमाडौं । उच्च अदालत पाटनले रु २२ लाख जरिवाना ठहर गरेका एक जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले उच्च अदालत पाटनको विसं २०७८ माघ २ गतेको फैसलाअनुसार पाँच दिन कैद र बिगो बमोजिम रु २२ लाख जरिवना ठहर गरेपछि फरार रहेका नुवाकोट शिवपुरी गाउँपालिका–८ थानापतीका ४३ वर्षीय रामप्रसाद पाण्डेलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक कमल थापाले आफ्नो एनआईसी बैँक लिमिटेड मनमैजु शाखाको खातामा पर्याप्त मौज्दात रकम नभएको जानी (जानी पीडितलाई झुक्यानमा पारेर बैंकिङ कसुर गरेकाले पाण्डेलाई काठमाडौँको नेपालटारबाट पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै