मिति २०७९ साल फागुन २४ गते नेपाल दशनामी समाज, सिन्धुली जिल्लाको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । सो अधिबेशन नेपाल दशनामी समाजका केन्द्रीय महासचिब श्री तुलसी राज गिरीको प्रमुख आथित्य तथा सोही जिल्लाका नेपाल दशनामी समाजका निवर्तमान अध्यक्ष श्री तेजराज गिरीको अध्यक्षता सम्पन्न भएको हो ।
सो कार्यक्रममा विशिष्ट अतिथीको रुपमा मरिन गाउँपालिकाका अध्यक्ष श्री विमर्श मुक्तान, अतिथिहरु : नेपाल दशनामी समाजका केन्द्रीय सदस्य श्री प्रधुम्न गिरीलगाएतको उपस्थिती थियो । सोही अधिबेशनले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
तेस्रो अधिबेशनबाट निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा गान्धिब गिरी , उपाध्यक्षमा शिवराज गिरी, सचिबमा नवराज आरन्य , कोषाध्यक्षमा मिना गिरी तथा सदस्यहरुमा भोजराज गिरी, रमा गिरी लगाएत अन्य १७ जना सदस्यहरु निर्वाचित हुनुभएको छ ।
उक्त कार्यक्रममा नेपाल दशनामी समाजका महासचिव तथा प्रमूख अतिथी तुलसीराज गिरीले समाजको विकास र समृद्धिका लागि संगठित र योजनाका साथ लाग्नु पर्ने बताउनु भयो । समाजको लागि सह्रानिय कार्य गरी आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा निवर्तमान कार्यसमितिलाई बधाई दिंदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिनुभएको थियो । अन्तमा कार्यक्रमका अध्यक्षले सम्पूर्णमा बधाई दिंदै सो कार्यक्रमको समापन गरिएको थियो ।
खिमराज गिरी
केन्द्रीय सदस्य
नेपाल दशनामी समाज





