Comments Add Comment

Advertisment

SKIP THIS

नेप्सेमा ३७ अंकको सुधार, १ अर्ब २३ करोडको कारोबार

७ असार , काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ३७ अंकमाथिको सुधार भएको छ । अघिल्लो दिन ५० अंकमाथिले घटेर १८ सयको रेञ्जमा झरिसकेको नेप्सेमा आज ३७.४९ अंकको वृद्धि हुँदै १९२२.३० अंकमा उक्लिएको हो । यस दिन क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ८.१८ अंकले बढ्दै ३७४.३७ अंकमा पुगेको नेप्सेले जनाएको छ ।

आज १३ वटै उपसूचक धनात्मक हुँदै बजार नै हरियाली बनेको छ । सबैभन्दा बढी विकास बैंक समूहको ३.८९ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ३.२९ प्रतिशतले र म्युचुअल फन्ड ३.०९ प्रतिशतले बढेको छ ।

यस्तै, ट्रेडिङ समूहको उपसूचक २.९९ प्रतिशतले, हाइड्रोपावर समूह २.७७ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.३४ प्रतिशतले, माइक्रोफाइनान्स समूह २.१७ प्रतिशतले, जीवन बीमा समूह २.२९ प्रतिशतले र होटल तथा पर्यटन समूह २.२२ प्रतिशतले बढेको छ ।

अन्य उपसूचकहरु २ प्रतिशत भन्दा कमले बढेका छन् । ३७ अंकमाथिले बढेको बजारमा आज कारोबार भने १ अर्ब २३ करोड ८५ लाख रुपैयाँ बराबरको भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै