Comments Add Comment

Advertisment

SKIP THIS

नयाँ बसपार्कमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक

काठमाडौं । प्रहरीले काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले चार जना आरोपितलाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए।

जिल्ला प्रहरी परिसर काठमाडौंले बुधबार पत्रकार सम्मेलन गर्दै सोमबार यातायात मजदुरको आन्दोलनका क्रममा नयाँबसपार्क क्षेत्रमा भएको लुटपाटमा संलग्न चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

घटनामा संलग्न अन्यको खोज कार्य भइरहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा दैलेख भगवती गाँउपालिका घर भई तारकेश्वर बस्ने चिरन रेग्मी, सामाखुसी बस्ने नवीन खड्गी, रुपन्देही खैरेनी घर भई काठमाडौं महानगरपालिका वडा नम्बर २६ मा बस्ने सुजन खत्री र झापा शिवसताक्षी घर भई स्वयम्भू बस्ने प्रदीप बस्नेत रहेका छन् ।

पक्राउ परेकाहरूबाट डिजिटल घडी, एयरफोन, केही थान मोबाइल ४ हजार बराबरको रिचार्ज कार्ड लगायत बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

लुटपाटका घटनामा पक्राउ परेकाहरूमाथि चोरी तथा डाँका सम्बन्धी कसुरमा अदालतबाट चार दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै