
२२ असार , काठमाडौ । काठमाडौ लगायत सबै ठाउमा गएराती निरन्तर बर्षा भईरहेको छ । बर्षासङ्गै गएराती आएको पानीले काठमाडौको तिनपिप्ले जितपुरफेदी जमकट्टेल गाउमा पानीका कारण घरहरु पहिरोको जोखिममा परेको छ ।
जितपुरमा आज बिहान निरन्तर रातभर आएको पानिले ३ घर जोखिममा परेको स्रोतले जानकारी दिएको छ । मानविय क्षति भने भएको छैन ।
स्थानियका अनुसार ”पहिरो जोखमबाट सहज र सपोटका लागि नेपाल प्रहरी साथै स्थानियको सहयोग भईरहेको जानकारी आएको छ ।” थप विवरण आउन बाकी छ…