२२ साउन , काठमाडौ । तारकेश्वर ३ को तिनपिप्लेबाट जितपुरफेदी क्लब जाने मुल सडकमा करिब १०० मिटर माथिबाट पहिरो आएको छ ।
हिजो रातीदेखि परेको अविरल वर्षाका कारण जितपुर क्लब जाने सडकको बारी भासिएर पहिरो हो । यतिबेला अविरल वर्षाका कारण पानीको बहाव समेत बढ्दै गएको छ ।
तारकेश्वर ३ का स्थानीयबासीकाअनुसार मुल बारी मा पहिरो गई सडकको भाग नै नाघेर भिमसेन गजुरेलको घरमा क्षेती भई नजिकै रहेको २ घरमा समेत जोखिम भएको जानकारी आएको छ । स्थानीयबासीकाअनुसार नगरपालिकाले तत्कालै क्षति बढ्न नदिन आवश्यक रोकथामका कार्य गर्नुपर्ने समेत बताएका छन् ।


