Comments Add Comment

एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने कांग्रेसको निष्कर्ष

२७ माघ, काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदनका लागि संसदमा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ ।पार्टी कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमसीसीमा अहिले देखिएको अन्योल हटाएर अनुमोदनको लागि संसदमा पेस गर्नुपर्ने निचोड निकालेको हो ।

पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे अहिले देखिएको अन्यौल समाप्त गरेर संसदीय प्रक्रिया अघि बढाउनुपर्ने विषयमा छलफल भएको जानकारी दिनुभयो । प्रवक्ता डा. महतले पार्टीलाई स्थानीय तह निर्वाचनतर्फ केन्द्रीत गर्ने विषयमा छलफल भएको भन्दै स्थानीय तह निर्वाचनमा सशक्त ढंगमा प्रस्तुत हुने निचोड निकालेको जानकारी दिनुभयो । बैठक शुक्रबार दिउँसो २ बजे पुनः बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै