९ साउन , काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ५४.४५ अंकले बढेर दुई हजार एक सय ३२ दशमलब ९६ विन्दुमा बन्द पुगेको हो ।
आज नेप्सेमा चार अर्ब १० करोड ६८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार कारोबार भएका कम्पनीमध्ये १७६ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने एक वटा कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये ७ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, ११ कम्पनीको शेयरमूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ भने ६ कम्पनीको शेयरमूल्य ८ प्रतिशतले बढेको छ ।
नेप्सेका अनुसार आज मञ्जुश्री फाइनान्स डिभेञ्चरको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यस कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको हो । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिवम् सिमेन्टको भएको छ । यसको आज १५ करोड २९ लाख भन्दा बढीको कारोबार भएको छ ।


