Comments Add Comment

Advertisment

SKIP THIS

जनप्रतिनिधि कस्तो हुनुपर्ला त ?

खिमराज गिरी
२५ चैत , काठमाडौं । भनिन्छ नि , ” हिड्न नजान्नेले दौडन सिकाउन खोज्यो भने दौडिने मान्छे नै लड्छ ।” जो अगुवा उही भगुवा भयो भने नेतृत्व लिन धेरै कठीन हुन्छ यदि चुनाव जितिहाले पनि । त्यसैले स्थानीय चुनाव नजिकिंदै गर्दा जनप्रतिनिधि अझ पालिका प्रमूख र वार्ड अध्यक्ष कस्तो हुनुपर्छ त ?
१) कम्सेकम राजनीतिमा केही ज्ञान र समाज सेवाको भावना भएको ।
२) विपत / दैवि प्रकोप इत्यादि कार्यमा तुरुन्त उपस्थित भइ मोटरसाइकल / स्कुटी आफै चलाउन सक्ने,
३) ( आइ टि ) अथवा सोसल मिडियामा दख्खल भएको,
४) चोक चौतारीतिर राजनीति गर्दै नहिड्ने अलिक सभ्य खालको!
५ )छुद्र वचन नभएर सवैसँग राम्रो व्यवहार गर्ने ,
६)सहि र सत्य कुरामा एक्लै भएपनि अडान लिन सक्ने ,
७)सादा जिवन र उच्च बिचार भएको र विकास प्रेमी,
८) अन्ध विश्वासलाई चुनौती दिने,
९) प्रदेश र केन्द्रसंग समन्वय गर्न सक्ने ,
१०) भ्रस्टाचारमुक्त समाज बनाउने अठोट लिन सक्ने ,
११) लोभ र लालचमा नफस्ने र पहिला लाभको पदमा नबसेको,
१२ ) पार्टी कमिटीमा सिस्टमले काम गरेर अनुभव बटुलेको र
१३) नयाँ उत्पादन सम्बन्धको आधारमा समाजका सबै क्षेत्रमा भौतिक र सांस्कृतिक दुवै हिसाबले विकास गर्ने कुरामा केन्द्रित भएर लाग्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै