Comments Add Comment

Advertisment

SKIP THIS

झापामा भ्यान दुर्घटनामा, २ जनाको मृत्यु, ८ जना घाइते

२९ मंसिर काठमाडौ । सूर्योदय नगरपालिका–७ सुखेपोखरीस्थित मेची राजमार्गमा मंगलबार दिउँसो भएको मारुती भ्यान दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् ।

दिउँसो साढे ३ बजे मे १ ज ३३०७ नम्बरको मारुती भ्यान अनियन्त्रित भई सडकबाट एक सय मिटर तल खसेको थियो । घाइतेहरूलाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लागिएको थियो ।

सो क्रममा माईजोमाई गाँउपालिका– ४ का ७६ वर्षीय रामप्रसाद तिमल्सिना र माईजोमाई(३ का ४० वर्षीय भरत घिमिरेको उपचारको क्रममा मृत्यु भएको हो । चालकसहित आठ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

डलरको लोभ देखाएर ठगी गर्ने प्रहरी फन्दामा

Advertisment