
१९ भदौ , काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीको क्षमता अभिवृद्धिका साथै खेल पूर्वाधार निर्माणका लािग सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
राष्ट्रिय खेलकुद परिषदको ५९औँ वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले खेलाडीहरु देशको गहना भएको भन्दै खेलाडीको क्षमता अभिवृद्धिका साथै खेल पूर्वाधार निर्माणका लािग सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।
सिमित स्रोत र साधनका बाबजुत हालसम्म नेपालको खेल क्षेत्रले प्राप्त गरेको उपलव्धी प्रसंसनिय रहेको उहाले बताउनुभयो । प्रधानमन्त्री देउवाले बिभिन्न कठिनाईका बीच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगीताहरुमा उत्कृष्ट प्रदर्शन गरेर नेपालको नाम उँचो बनाउने काम गरेको धारणा राख । खेलकुद क्षेत्रलाई थप बिकास गर्नका लागि सरकारले आर्थिक अभाव हुन नदिने उनको भनाइ छ ।
त्यस्तै, खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले सरकारले खेल विश्वबिद्यालय स्थापना गर्ने सोचका साथ बजेटको व्यवस्था गरेको र अनुसन्धान गरेको जिकिर गरे । खेलाडीलाई प्रोत्साहन गर्न अन्तर्राष्ट्रिय पदक बिजेताहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको उनको भनाइ छ ।
कार्यक्रममा गोलकिपर किरण चेम्जोङ्ग र ओलम्पियन पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्द्धनलाई वर्ष सिनियर खेलाडीको रुपमा सम्मानित गरिएको थियो । राखेपले वार्षिकोत्सवकै अवसरमा टेबल टेनिसकी इभाना थापा र एथलेटिक्सका सुदीप थारुलाई वर्ष जुनियर खेलाडीको रुपमा सम्मान गरेको छ ।
वार्षिकोत्सवकै अवसरमा खेलाडीसहित १६ जनालाई सम्मान गरेको छ भने सर्वोकृष्ट स्थानीय खेलकुद तहको अवार्ड भरतपुर महानगरपालिकालाई प्रदान गरिएको छ ।