१२ साउन , काठमाडौ ।  नेपाल प्रहरीका २८९ जना लेखा प्रमुखहरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबार २८९ जना लेखापालको सरुवा गरेको हो ।

नयाँ आर्थिक वर्षको सुरुवातमा बजेट चल्ने युनिटमा लेखापाल फेरिएका हुन् । आन्तरिक लेखापरीक्षण शाखाको सिफारिसअनुसार २८९ जना लेखा प्रमुखहरुको सरुवा गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

ठूला बजेट चलाउने कार्यालयमा जान लेखापालहरुको अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ । एउटा कार्यालयमा दुई वर्ष लेखापाल भएर काम गरेकाहरुको असार मसान्तमा सरुवा गर्ने प्रावधान छ ।