१८ वैशाख , काठमाडौ । सशस्त्र प्रहरी बलले पछिल्लो एक वर्षमा भएका गतिविधि सार्वजनिक गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नेतृत्व सम्हालेको एक वर्षको अवधिमा सशस्त्रले प्रगति विवरण र भावी योजना सार्वजनिक गरेको छ ।

एक वर्षको अवधिमा धेरै नीतिगत निर्णय तथा संस्थागत सुधारका काम भएको सशस्त्र प्रहरीका प्रवक्ता एसएसपी राजेन्द्र खड्काले बताए ।
साथै सशस्त्र प्रहरीले १८ वटा आगामी कार्ययोजनाहरु पनि सार्वजनिक गरेको छ ।








