२१ भाद्र , काठमाडौ । जिल्ला प्रहरी कार्यालय कैलालीको कार्यालयमा प्रवेश गर्दा मोबाइल लिन बन्देज लगाइएको छ । सेवाग्राही कैलाली प्रहरी कार्यालयको प्रवेशद्धारमा प्रवेश गर्दा नै फोन थुतेर राख्ने गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखमा प्रहरी उपरीक्षक पदमबहादुर विष्ट हाजिर भएपछि सेवाग्राहीको मोबाइल गेटमै राख्नु पर्ने नयाँ नियम लागु गरेका थिए । यसअघि कार्यालय भित्रै मोबाइल लिन कुनै बन्देज थिए ।

यो नयाँ नियमको अहिले सर्वत्र विरोध भइरहेको छ । केही हप्ता अगाडी नेपाल पत्रकार महासङ्घ, कैलालीका अध्यक्ष हिमालय जोशीले जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक पदमबहादुर विष्टलाई भेटेर उक्त गुनासो राखेको बताए ।

तर, जिल्ला प्रहरी कार्यालय, कैलालीको प्रवेशद्वारमा मोबाइल दिएर कार्यालय प्रवेश गर्नुपर्ने बाध्यताको अन्त्य भएको छैन् ।

यता जिल्ला प्रहरी कार्यालय, कैलालीले भने महिला, बालबालीका तथा जेष्ठ नागरिक शाखाबाट तस्विर तथा भिडिओहरू बाहिरिएकाले कार्यालयमा सेवाग्राहीलाई फोनमा प्रतिबन्ध गरिएको बताउँदै आएको छ ।

यसअघि नेपाल प्रहरीको हेटक्वाटरले मात्रै प्रवेशद्वारमा फोन थुतेर राख्ने गरिएको थियो ।