
२३ जेठ , काठमाडौ । काठमाडौंको गोैङगबु बाट प्रहरीले लुकेर जुवातास खेल्ने १० जना जुवाडेलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा विभिन्न जिल्लाको ठेगाना रहेका महोमद खाली,रसिद खान,दोगेन्द्र थापा,अमर श्रेष्ठ ,राम कुमार अग्रवाल ,रंजित कुमार जोशि,सिता जोशि,सुनम मगर,वीर बहादुर तामाङ र नितिन प्रधान रहेका छन् ।

साथै उनीहरूको साथ बाट २ लाख १५ हजार नगद बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख अशोक सिंहले बताए उक्त रकम जुवा खालमा भेटिएको हो ।

उनीहरूलाई अनुसन्धान गरि कसुर अनुसार मुद्दा चलाएर कारबाही गरिने प्रहरीले जनाएको छ ।अघिल्लो हप्ता पनि प्रहरीले काठमाडौं, न्युरोड पिपल बोटबाट १३ लाख ४३ हजार नगद सहित १५ जनालाई पक्राउ गरेको थियो ।

निषेधाज्ञामा घर भित्र लुकेर जुवा तास खेल्ने क्रम बढेको निष्कर्ष सहित प्रहरीले विषेश सक्रिय बढाएको छ ।ठुलो ठुलो दाउमा जुवा तास खेल्ने र खेलाउने विकृति बढ्दै जानसक्ने प्रवृत्ति प्रति काठमाडौ प्रहरी चनाखो भएर निग्रानी गरिरहेको छ ।



