Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीको आइजिपीमा केपी शर्मा ओलीको ‘सेटिङ’

११ चैत , काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पदमा अहिले शैलेश थापा क्षेत्री कार्यरत छन् । अहिलेसम्म संगठनभित्र इमान्दार छवि बनाएका क्षेत्री गृहमन्त्री र प्रधानमन्त्री कार्यालयको दोहोरो निर्देशनको कोपभाजनमा परेका छन् । जतिसुकै तनावमा परे पनि आगामी ०७९ बैशाख १९ गते महानिरीक्षक क्षेत्रीले अवकाश पाउनेछन् । त्यसपछि पनि नयाँ प्रहरी महानिरीक्षकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकै ‘सेटिङ’ कायम रहने देखिन्छ ।

नेपाल प्रहरीमा हाल ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) छन् । सातै प्रदेशलाई प्रतिनिधित्व हुने गरी कम्तिमा ७ जना एआइजीहरु राखिनुपर्ने बहस चलिरहे पनि पूर्ववर्ती ओली सरकारले ५ जना मात्रै एआइजी कायम गरेको थियो । अहिले यिनै चारजना एआइजीहरु आइजीपीका दाबेदारका रुपमा मैदानमा छन् ।

नेपाल प्रहरीका एक पूर्वअधिकारी भन्छन्, ‘विश्वराजलाई आइजीपी बनाउन ओली सरकारले सेटिङ मिलाएको थियो, तर पछि केही कथंकाल उनी हुन पाएनन् भने आफ्नै मान्छे लाइनमा रहुन् भन्ने उद्देश्यले सहकुलबहादुर थापालाई एआइजीमा बढुवा गरियो ।’

सहकुलबहादुर थापालाई एमाले सरकारले २०७७ बैशाख ७ गते एआइजी बनाएको हो । जबकि थापाभन्दा सिनियर १२ जना अधिकृतहरु अहिलेसम्म डीआइजी नै छन् । विश्वराज र सहकुलभन्दा सिनियर डीआइजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्तकुमार पन्त, ईश्वरबाबु कार्की, गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहोरा, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र सौरभ राणा हुन् ।

‘आइजीको पहिलो लाइनमा रहेका एआइजी विश्वराज पोखरेल नेकपा एमालेले सेटिङ मिलाएका भावी आएजीपी हुन्’ प्रहरी संगठनका जानकार एक पूर्वप्रहरी अधिकारीले रातोपाटीसँग भने, ‘कथंकाल विश्वराजबाट धोका भयो भने आइजीपी आफ्नै निकटको होस् भनेर सहकुल थापालाई दोस्रो नम्बरमा एमालेले सेटिङ मिलाएको हो ।’

पछिल्लो समय देउवा सरकारले प्रदेशगत रुपमा एआइजीहरु थप्नुको साटो ६ जना डीआइजीको दरबन्दी थप्ने तयारी अगाडि बढाएको छ । यही कात्तिकदेखि फागुनसम्म अवकाश पाउन लागेका काँग्रेस निकट ६ जना एसएसपीहरुलाई डीआइजीको फुली लगाइदिन काँग्रेस सरकारले डीआइजीको दरबन्दी थप्न लागेको हो । गृहमन्त्री बालकृष्ण खाणको यो योजनालाई अर्थमन्त्रालयले स्वीकृति दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै