Comments Add Comment

Advertisment

SKIP THIS

विप्लवलाई पक्राउ गर्न पुर्जी जारी गरेकोमा एमालेको विरोध

१७ साउन , काठमाडौं । सरकारले विप्लव समूहलाई कारबाही गर्ने पत्र काटेको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधि सभा बैठकमा विरोध गरेको छ । बैठकको विशेष समयमा बोल्दै एमाले प्रमुख सचेतक विशाल भट्टराईले सरकारले काटेको पत्र फिर्ता लिन आग्रह गरेका छन् ।

उनले एमाले सरकारले विप्लव समूह र सिके राउतलाई शान्ति प्रक्रियामा ल्याइसकेको अवस्थामा विभिन्न बाहानमा सरकारले विप्लव समूहलाई पत्र काट्ने र उनीहरूलाई फेरी त्यही बाटो रोज्न विवश बनाउन सरकार उद्धत भएको बताए ।

उनले भने–‘म प्रतिपक्षी दलको तर्फबाट सरकारलाई के भन्न चाहन्छु भने उहाँहरूलाई काटेको त्यो पत्र तत्काल फिर्ता लिन र उहाँहरूले जुन शान्तिपूर्ण रूपमा राजनीति गर्न दल दर्ता गरेर अगाडि बढ्ने जुन बाटो रोज्नु भएको छ त्यसलाई प्रोत्साहन गर्न पनि नेपाल सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले हालै सकारले विप्लव समूह भनेर चिनिने नेकपा समूहलाई फेरी थप कारबाहीका लागि पत्र पठाएको सुनेको बताउँदै कुनै बेला हिंसाको बाटो रोजेको र हतियार बोकेर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी ओली नेतृत्वको नेकपा एमालेको सरकारले ३ बुँदे सम्झौता गरेर शान्तिपूर्ण बाटोमा हामीले ल्याएको स्मरण गराए ।

साथै सांसद भट्टराईले हालै गएको भूकम्पबाट खोटाङमा ४ सय ७५ वटा निजी घर चर्किएको र केही घर पूर्ण रूपमा क्षति जानकारी गराए । उनले क्षतिको विवरण टिप्ने काममा पनि ढिलाइ भएको बताए । उनले सरकारलाई उचित राहतको व्यवस्था गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै