Comments Add Comment

Advertisment

SKIP THIS

स्रोत नखुलेको ३० लाख ७६ हजार सहित दुई जना भारतीय नागरिकलाई पक्राउ

२६ जेठ, काठमाडौ । स्रोत नखुलेको ३० लाख ७६ हजार रुपैयाँसहित प्रहरीले रौटहटबाट दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार भारतबाट नेपालतर्फ ल्याउदै गरेको रकमसहित बुधबार बिहान रौतहटको रामपुरखापस्थित नेपाल भारत सीमाबाट दुईजनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहतका प्रमुख एसपी सिद्दी बिक्रम शाहका अनुसार पक्राउ पर्नेमा भारत मोतिहारी घोडासहन बस्ने अन्दाजी वर्ष २२ का बन्टिकुमार कलवार र सोही ठाउँमा बस्ने वर्ष २० का सुरज कलवार रहेका छन् ।

अहिले प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment

छुटाउनुभयो कि? सबै