Comments Add Comment

Advertisment

SKIP THIS

रेष्टुरेन्टमा महिला ट्वाइलेट भित्र पसेको बेला फोटो र भिडियो खिच्ने डिएसपी तुलसिंह पक्राउ

काठमाडौं: रेस्टुरेन्टमा महिलाको निजी फोटो तथा भिडियो खिचेको आरोपमा सशस्त्र प्रहरी बलका डिएसपी तुलसिंह केसी पक्राउ परेका छन्।

स्वयम्भू वृत्तले उनलाई आइतबार पक्राउ गरेको हो। स्वयम्भूस्थित एक रेस्टुरेन्टमा शनिबार प्रेमीसहित गएकी एक युवतीको उनले फोटो तथा भिडियो खिचेका थिए।

युवतीले थाहा पाएपछि रेस्टुरेन्टमै झगडा भएको थियो। डिएसपी केसीले माफी मागेर मिलापत्र गर्ने प्रयास गरे पनि युवती पक्षले प्रहरीमा उजुरी दिएको हो।

आइतबार अदालतमा म्याद थप गरी स्वयम्भू वृत्तले अनुसन्धान अघि बढाएको छ। डिएसपी केसी पोखरास्थित बाहिनीमा कार्यरत थिए।

अनुमतिविना कसैको फोटो तथा भिडियो खिच्न नपाइने गोपनीयतासम्बन्धी ऐनको कसुरअन्तर्गत उनलाई कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै