Comments Add Comment

बर्दिबासमा बोलेरोको ठक्करबाट १ को मृत्यु, ६ घाइते

३१ जेठ , काठमाडौैं । महोत्तरीको बर्दिबास नगरपालिका–३ मा टेम्पोलाई बोलेरोले ठक्कर दिँदा १ जनाको मृत्यु भएको छ ।

६ जना घाइते भएका छन् । मृत्यु हुनेमा बर्दिबास–३ का २६ वर्षीया कुन्ता ढुंगेल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश विष्टले जानकारी दिए । घाइते ढुंगेलको जनकपुरस्थित काव्या अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।

सोही घटनामा टेम्पो चालक बर्दिबास–३ का ४५ वर्षीय ओमबहादुर लुंगेली, सोही ठाउँ बस्ने ४२ वर्षीय यादवकुमार ढुंगेल, २९ वर्षीया पवित्रा आचार्य, आठ वर्षीया करिष्मा ढुंगेल, सिन्धुली दुधौली–२ का ३५ वर्षीय पुरुषोत्तम चालिसे र ३९ वर्षीया पवित्रा चालिसे घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै