Comments Add Comment

Advertisment

SKIP THIS

नालीमा खसेर मृत्यु


१२ माघ , काठमाडौँ । भरतपुर महानगरपालिका–९ गोन्द्राङको भित्री सडकको नालीमा खसेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी राजु विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार आज बिहान अन्दाजी ७ बजे विकको मृत्यु भएको हो ।

प्रहरीका अनुसार विकलाई साइकलसहित स्थानीयवासीले नालीमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । विकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment